Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका पुरुष प्रहरीको नियन्त्रणमा


सुनसरी, जेठ २५ गते

सरकारी छाप र दस्तखत किर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान ११:३० बजे निजकै घरबाट राईलाई पक्राउ गरेको हो।

राईविरुद्ध सुनसरी जिल्ला अदालतले २०६६ साल फागुन १३ गते एक वर्ष कैद सजाय र रु. २२५ जरिवानाको फैसला सुनाएको थियो। तर फैसला पछि उनी फरार रहँदै आएका थिए।

पक्राउ परेका राईलाई थप कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले पछिल्लो समय वर्षौंदेखि फरार रहेका दोषीहरूलाई कानूनी दायरामा ल्याउने अभियानलाई तीव्र बनाउँदै आएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom