जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार जिउगाँतर्फ गइरहेको *ज १ त ५११२* नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब ७ सय मिटर तल खस्दा ५२ वर्षीया सारदा थापाको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक सरोज गरीका अनुसार दुर्घटनामा चालकसहित अन्य सात जना यात्रु घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था मध्यम रहेकोले थप उपचारका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको छ।
घटनाको जानकारी प्राप्त लगत्तै प्रहरी चौकी माँझचौर र इलाका प्रहरी कार्यालय रातापानीबाट खटिएको टोलीले घाइतेहरूको उद्दार गरेको प्रहरीले जनाएको छ। दुर्घटनाका कारणबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गरीले जानकारी दिनुभयो।