Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गयो


जेठ २६, दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित तुलसीपुर–अमलिया सडकखण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।


आइतबार बिहान करिब ११ बजेतिर गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरिया गई विद्यार्थीहरूलाई छोडेर फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।


दुर्घटनामा परी दंगीशरण गाउँपालिका–२ निवासी ४२ वर्षीया शान्ता खड्का चौधरी र सोही उपमहानगरपालिका–४ निवासी ६० वर्षीया नारायण भण्डारीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।


दुर्घटनामा ३५ जना घाइते भएका छन् । तीमध्ये ९ जनाको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ भने दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाँकी २४ जनालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको हो ।


दुर्घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom