Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा जबरजस्ती करणी अभियोगमा युवक पक्राउ


स्याङ्जा । जिल्लाको फेदीखोला गाउँपालिका–३ कराम्दीका २७ वर्षीय सूर्य मिजार जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन् ।


पीडित ४० वर्षीया महिलाले दिएको जाहेरीका आधारमा मिजारले असार ४ गते दिउँसो करिब २ः३० बजे आफूलाई घरमै आएर जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।


प्रहरीका अनुसार घटना सार्वजनिक भएपछि फरार रहेका मिजारलाई खोजी गर्ने क्रममा फेदीखोला गाउँपालिका–आरूखर्कबाट लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।


पक्राउ परेका उनलाई स्याङ्जा जिल्ला अदालतबाट जबरजस्ती करणी अभियोगमा सात दिनको म्याद थप अनुमतिसहित हिरासतमा राखी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom