![]() |
फाइल तस्विर |
सडक दुर्घटनामा कमी ल्याउने तथा यात्रुलाई सुरक्षित, सम्मानजनक र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको ‘लागू पदार्थ सेवन चेकिङ अभियान’ अन्तर्गत उनीहरू पक्राउ परेका हुन् ।
पुलिसका अनुसार आज पुतलीबजार नगरपालिका–१ स्थित बसपार्क क्षेत्रमा सिद्धार्थ राजमार्गमा गुडिरहेका २४ वटा सार्वजनिक तथा निजी सवारी साधन रोकेर चालकहरूको THC (Tetrahydrocannabinol) टेस्ट गरिएको थियो । परीक्षणमा चार जना चालकले लागू पदार्थ सेवन गरेको पाइएको हो ।
पक्राउ पर्नेहरूमा कास्कीको पोखरा महानगरपालिका–२७ का २५ वर्षीय विजय राना मगर (बा.प्र.०१-०३१ च.९१५५ नम्बरको ईभी भ्यान चालक), चितवनको कालिका नगरपालिका–८ का २३ वर्षीय सुदीप पुलामी मगर (ना.५ च.२२१३ नम्बरको जिप चालक), चितवनकै इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सन्दीप गुरुङ (बा.प्र.०१-०२६ च.४१६१ नम्बरको जिप चालक) तथा स्याङ्जाको पुतलीबजार नगरपालिका–७ का २३ वर्षीय संगम थापा (लु.प्र.०१-००१ ज.००७८ नम्बरको ईभी भ्यान चालक) रहेका छन् ।
प्रहरीले चारै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडि बढाएको जनाएको छ । यस अभियानलाई थप प्रभावकारी बनाउँदै नियमित चेकिङ जारी राखिने प्रहरी कार्यालयले जनाएको छ ।