Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते


चितवन, असार ७ । चितवनको राप्ती नगरपालिका–३ अन्तर्गत पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस र माइक्रोबस एकापसमा ठोक्किँदा ७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।


धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको माइक्रो एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो।


दुर्घटनापछि घाइतेहरुको उद्धार गरी भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। हालसम्म मृतकहरुको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।


डिएसपी खनालका अनुसार घाइतेहरुको उपचार सँगसँगै मृतक र घाइतेहरुको पहिचान गर्ने काम पनि भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको छ।


प्रहरी टोली घटनास्थलमै खटिएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom