Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चेक अनादर सम्बन्धी मुद्दामा अदालतले ६० लाख रुपैयाँभन्दा बढी जरिवाना तोकेर फरार रहेका गोविन्द पक्राउ


बाँके, २०८२ जेठ २४


बैंकिङ कसुरको मुद्दामा अदालतले ६० लाख रुपैयाँभन्दा बढी जरिवाना तोकेका फरार प्रतिवादी गोविन्द प्रसाद पहाडीलाई बाँके प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।


जिल्ला प्रहरी कार्यालय बाँकेले फरार अभियुक्तहरूलाई पक्राउ गर्ने विशेष अभियान अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका–१८, कारकाँदोका ४८ वर्षीय पहाडीलाई पक्राउ गर्न सफल भएको हो।


प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार पहाडीमाथि बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी मुद्दामा जिल्ला अदालत बाँकेले रु. ६० लाख १ हजार १०० जरिवाना तोकेको थियो।


अदालतले पहिलो पटक २०७९ भदौ २८, दोस्रो पटक २०८१ असार २०, र तेस्रो पटक २०८१ माघ २८ गते क्रमशः पहाडीलाई सो जरिवानाको फैसला सुनाएको थियो। तर, अदालतको पहिलो फैसला लगत्तैदेखि उनी फरार रहँदै आएका थिए।


जिल्ला प्रहरी कार्यालय बाँकेले पछिल्लो समय अदालतको आदेश कार्यान्वयनमा विशेष सक्रियता देखाउँदै विभिन्न जिल्लाबाट फरार रहेका अभियुक्तहरूलाई पक्राउ गर्दै आएको छ। प्रहरीले ३०–३५ वर्षदेखि फरार रहेका केही अभियुक्तहरूलाई समेत पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल गर्न सफल भएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom