Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अवैध रूपमा तस्करी गरेर ल्याइएको ७ हजार ५०० गोटा ब्रोइलर कुखुराको चल्ला नष्ट

 

पर्सा, २०८२ जेठ २४


सशस्त्र प्रहरी बल नेपाल पर्साले भारतबाट अवैध रूपमा तस्करी गरेर ल्याइएको ७ हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला बरामद गरेको छ।


शनिबार बिहान सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५ स्थित डकैला चोकमा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर चोरी पैठारी गरिएको ७५ कार्टुन कुखुराको चल्ला नियन्त्रणमा लिएको हो।


सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार ती चल्ला क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा नष्ट गरिएको हो।


नेपाल सरकारले भारतबाट ब्रोइलर कुखुरा तथा त्यसका उत्पादनहरूमाथि स्वास्थ्य सुरक्षाको कारणले प्रतिबन्ध लगाउँदै आएको छ। तर पनि तस्करहरू अवैध बाटोबाट यस्ता वस्तु नेपाल भित्र्याउने प्रयासमा सक्रिय देखिन्छन्।


यस अवैध तस्करी कार्यमा प्रयोग गरिएका तीनवटा मोटरसाइकललाई आवश्यक कानूनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको बताइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom