Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरायसी विवादका क्रममा कुटपिट हुँदा पतिको ज्यान गयो


भोजपुर, जेठ ३० गते। भोजपुरमा घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ।


जिल्लाको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राई आफ्नै पत्नी सुमित्राको कुटपिटबाट गम्भीर घाइते भएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।


बिहीबार साँझ घरायसी विवादका क्रममा कुटपिट भएपछि गम्भीर घाइते भएका राईलाई शुक्रबार बिहान छिमेकीहरूले उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो।


गुप्तेश्वर स्थायी घर भए पनि राई परिवार हाल टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको बताइएको छ।


पत्नी सुमित्राले घरेलु विवादका क्रममा पति प्रकाशमाथि कुटपिट गरेको र सोही कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी तिमिल्सिनाले जानकारी दिनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom