पोखरा महानगरपालिका–१५, नयाँगाउँमा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा वार्षिक कार्यपात्रो अनुसार ‘नेपाली शब्द खेल’ प्रतियोगिता सम्पन्न भएको छ।
विद्यार्थीहरूको भाषा सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा विद्यालयका चारै सदनका समूहहरूले सक्रिय सहभागिता जनाएका थिए। प्रतियोगितामा पहेँलो सदनका एना, दिपेश, आर्शु र पृसियाको समूह उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भयो। त्यस्तै, निलो सदनका साइमन, अन्जिना, पुजा र एरेनाको समूह द्वितीय स्थानमा रहन सफल भयो।
कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषाप्रति रुचि बढाउने र शब्द ज्ञानलाई फराकिलो बनाउन मद्दत पुर्याएको विद्यालयका प्रधानाध्यापक शर्मिला गुरुङले जानकारी दिनुभयो। आगामी दिनमा यस्ता सिर्जनात्मक र शिक्षाप्रद कार्यक्रमलाई निरन्तरता दिइने विद्यालय प्रशासनको भनाइ छ।