काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका–१२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले पराजुली र शर्मालाई आइतबार काठमाडौँ महानगरपालिका ३२ नरेफाँटबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।
उनीहरुले यूके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपियाँ ठगी गरेको प्रहरीले बताएको छ । दुबै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।