Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कोदालो प्रहार गरेर आफ्नै बाबु र छिमेकीको निर्मम हत्या



नवलपरासी पश्चिम, जेठ २३ — नवलपरासी पश्चिमको सुनवल नगरपालिका–२ औरहियामा शुक्रबार बिहान एक दर्दनाक घटना घट्यो, जहाँ एउटै व्यक्तिले आफ्नै बाबु र छिमेकीको निर्मम हत्या गरेका छन्।


३५ वर्षीय खेमराज थारुले आफ्ना ५० वर्षीय बाबु दयाराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार घटना बिहान ११ बजे तिर घटेको हो। दुबै जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।


प्रहरीले घटनापछि खेमराज थारुलाई घरमै नियन्त्रणमा लिएको छ। हत्याको कारण हाल स्पष्ट भइनसकेको जनाइएको भने प्रारम्भिक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


स्थानीय बासिन्दा घटनाबाट स्तब्ध छन् भने यसले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ। घटनाको विस्तृत अनुसन्धानपछि मात्र हत्या किन र कसरी गरिएको भन्नेबारे जानकारी आउने प्रहरीले बताएको छ।


Top Post Ad

post bottom ads

Ads Bottom