Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

२१ लाख रुपैयाँ बैंकिङ्ग ठगी प्रकरणका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

 

काठमाडौं, असार ६ ।


२१ लाख रुपैयाँ बराबरको बैंकिङ्ग ठगी मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।


प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२२ निवासी तथा हाल छाउनी क्षेत्र, काठमाडौं–१३ मा बसोबास गर्दै आएका ५२ वर्षीय प्रणवलाल सिं हुन् । उनी वादी नेपाल सरकार भएको बैंकिङ्ग कसुर मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार थिए ।


सिंलाई खोजतलास गर्ने क्रममा मंगलबार प्रहरीले काठमाडौं महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।


उनमाथि बैंकिङ्ग कसुर अन्तर्गत २१ लाख रुपैयाँ बिगो रकम असुल उपर गर्नुपर्ने र दुई वर्ष कैद भुक्तान गर्ने अदालतको फैसला भइसकेको थियो । अदालतको आदेश कार्यान्वयन गरी उनलाई कारागार चलान गरिने प्रहरीको भनाइ छ ।

Top Post Ad

post bottom ads

Ads Bottom