Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हत्या गरेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ



पाल्पा, जेठ २७ ।
पाल्पामा १४ वर्षअघि कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा माथागढी गाउँपालिका–१ (साबिक चिदिपानी गाविस–७) निवासी ५७ वर्षीय सन्त बहादुर सार्की रहेका छन्।

सार्कीले २०६८ साल कात्तिक ११ गते राति सोही ठाउँका १८ वर्षीय नरवीर नेपालीको हत्या गरी फरार भएका थिए। हत्या गरी भारततर्फ भागेका सार्कीलाई प्रहरीले लामो समयदेखि निगरानीमा राखेको थियो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल मल्लका अनुसार अभियुक्त सार्की यही जेठ २५ गते नेपाल फर्किने क्रममा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट पक्राउ परेका हुन्।

उनको विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। साथै, फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४९ अनुसार अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


📝 ब्राइटर खबरका लागि
✉️ सम्पर्क: editor@brighterkhabar.com
🌐 थप जानकारी: www.brighterkhabar.com



Top Post Ad

post bottom ads

Ads Bottom