अर्जुनचौपारी, स्याङ्जा — अर्जुन चौपारी पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक सामग्री वितरण कार्यक्रम शुक्रबार अर्जुन चौपारी गाउँपालिका–४ स्थित जन माध्यमिक विद्यालय, रापाकोटमा सम्पन्न गरिएको छ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री—कपी, कलम, झोला लगायतका सामग्रीहरू वितरण गरिएको थियो। सहकारीले समाजमा शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले वार्षिकरूपमा यस प्रकारका सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइएको छ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, सहकारीका पदाधिकारी, शिक्षक–अभिभावक, तथा स्थानीय समुदायको उपस्थिति रहेको थियो।
सहकारीका अध्यक्ष भवानीशंकर पौडेलले विद्यालय र स्थानीय स्तरमा अझ प्रभावकारी सामाजिक कार्यहरू अघि बढाइने प्रतिबद्धता जनाउँदै शैक्षिक क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने बताए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका सहकारीका सचिव गोविन्द सापकोटाले जानकारी दिए ।