Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा दोषी ठहर भई फरार रहेका आठ जना अभियुक्त पक्राउ, १ करोड ५६ लाख जरिवाना उठाउन बाँकी - Brighter Network


स्याङ्जा,

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका आठ जना अभियुक्तलाई विशेष अपरेसन सञ्चालन गर्दै पक्राउ गर्न सफल भएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लामो समयदेखि फरार रहेका अभियुक्तहरूको खोजीमा विशेष निगरानी राख्दै आएको थियो। यही सन्दर्भमा, अदालतको फैसला कार्यान्वयन गर्न गठित विशेष टोलीले ती अभियुक्तहरूलाई पक्राउ गरी अदालतको आदेश अनुसार कैद भुक्तान तथा जरिवाना तिर्नका लागि कारागार चलान गरेको हो।

पक्राउ परेका अभियुक्तहरूमा भीम बहादुर विश्वकर्मा छन्, जसलाई बैङ्किङ कसुर मा दोषी ठहर गर्दै अदालतले २२ दिन कैद र रु. ८० लाख १ रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै, कमला के.सी.लाई ७ दिन कैद र रु. ७४ लाख ८८ हजार ८ सय जरिवाना, बत्ति वि.क.लाई १ दिन कैद र रु. १ लाख १ रुपैयाँ जरिवाना तथा शिवलाल लम्साललाई बैङ्किङ कसुरकै मुद्दामा रु. १६ हजार ७५० जरिवाना तोकिएको थियो। चेक अनादर मुद्दामा दोषी ठहर भई फरार रहेका झवनाथ भण्डारी (रु. २ हजार), अमरराज गुरुङ (रु. १ हजार) र गङ्गा माया गुरुङ्सिनी (रु. ५८२–१) पक्राउ परेका छन्। यस्तै, कुटपिट मुद्दामा दोषी ठहर भई फरार रहेका ढाल बहादुर सुनारलाई १ दिन कैद र रु. १११ जरिवाना तोकिएको थियो।

यी सबै अभियुक्तहरूबाट अदालतले तोकेको जम्मा रु. १ करोड ५६ लाख ८ हजार ४ सय ५८ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ। उनीहरूले अदालतको फैसला अनुसार २४ दिन कैद पनि भुक्तान गर्नुपर्ने प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom