Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बागलुङमा जिप दुर्घटना अपडेट : दुईजनाको मृत्यु, १४ जना घाइते




बागलुङ, जेठ ३० गते। पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–५ बतासेडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार लु प्र ०१–००१–१७७५ नम्बरको जिप बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक हुँदै सहीखोलातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो सडकबाट अन्दाजी ६० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका जिपमा १६ जना यात्रु सवार थिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर, दशजनाको मध्यम तथा एकजनाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त पाण्डेले जानकारी दिनुभयो।

मृतकहरूको सनाखत हुन बाँकी रहेको र घाइतेहरूको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण र अन्य विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom