Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

अर्जुनचौपारी पोखरा सहकारीको स्थापना दिवसमा वृक्षारोपण र गोदान कार्यक्रम सम्पन्न

पोखरा, वैशाख ५ —अर्जुनचौपारी पोखरा बचत तथा ऋण सहकारी संस्थाको  ८औँ स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा गोदान वितरण कार्यक्रम सम्पन्न भएको छ।

पोखरा–१७, बिरौटास्थित नेपालको पहिलो नवग्रह मन्दिर तथा पञ्चकन्या मन्दिर परिसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष डा. भवानी शङ्कर पौडेल को अध्यक्षता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. पौडेलले सहकारी संस्थाहरू आर्थिक सशक्तीकरणसँगै सामाजिक रूपान्तरणका महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै वातावरण संरक्षण, धार्मिक–सांस्कृतिक मूल्यको जगेर्ना र सामाजिक सेवामा सहकारीको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिए।

उक्त अवसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै हरियाली प्रवर्द्धन गर्ने अभियानलाई अघि बढाइएको थियो। सहभागीहरूले वृक्षारोपणलाई दीर्घकालीन वातावरणीय सन्तुलनका लागि अपरिहार्य कार्यका रूपमा व्याख्या गरेका थिए।

यसैगरी, एकानन्द समूहको गोशालामा गोदान वितरण कार्यक्रम पनि सम्पन्न गरिएको थियो। गोदानमार्फत सामाजिक सद्भाव, सहयोगको भावना तथा धार्मिक परम्पराको संरक्षणमा योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्यहरू तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो। स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउने संस्थाको पहलप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्।

सहकारीले आगामी दिनहरूमा पनि यस्ता वातावरणमैत्री तथा समाजमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom