Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कास्कीका ६१ वर्षीय बमबहादुर सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

कास्की, असार ३१ गते – कास्कीको रूपा गाउँपालिका–६ निवासी ६१ वर्षीय बमबहादुर थापा आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।

थापा आइतबार (असार २९ गते) बिहान ५:३० बजे मर्निङ वाकका लागि घरबाट निस्किएको र त्यस यता परिवार वा आफन्तजनसँग सम्पर्कमा नआएको परिवारले जानकारी दिएको छ।

परिवारका अनुसार, विगतमा उहाँ नियमितरूपमा बिहान हिँड्न जानुहुन्थ्यो तर असार २९ को बिहानपछि अहिलेसम्म कतै देखिएको वा सम्पर्कमा आएको पुष्टि भएको छैन।

थापा हराएको सूचना प्रहरीमा पनि दिइएको छ भने उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

परिवारजनले उहाँलाई देख्ने वा जानकारी हुने जो–कोहीले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन हार्दिक अनुरोध गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom