Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राजस्व छलीका सामानसहित चिनियाँ नागरिक पक्राउ, २ करोडभन्दा बढीको सामग्री बरामद


काठमाडौँ, असार ३२ गते – राजस्व छली गरी ल्याइएका विभिन्न इलेक्ट्रोनिक तथा अन्य सामग्रीसहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँको सिनामंगलबाट पक्राउ परेका चिनियाँ नागरिक ३८ वर्षीय यु याङलाई दुई करोड १९ लाख ७६ हजार ७ सय रुपैयाँ बराबरको अवैध सामानसहित नियन्त्रणमा लिइएको हो।

उक्त पक्राउ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो। कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यका अनुसार, यु याङ चीनको स्यान्डोङ प्रान्तका बासिन्दा हुन्।

प्रहरीले याङको साथबाट विभिन्न मोडेलका ल्यापटपका ब्याट्रीहरू, तयारी अवस्थामा रहेका ब्याट्री, पार्टपुर्जा, ब्याट्रीका कभरहरू, विभिन्न प्रकारका साना ब्याट्री, ब्रान्डेड सिसिटिभी क्यामेरा, स्क्रुड्राइभर सेट, चाइनिज फाइबर ब्लाङ्केट, वाइ–फाइ राउटर, स्मार्ट घडीलगायतका थुप्रै सामाग्री बरामद गरेको जनाएको छ।

पक्राउ परेका याङविरुद्ध आवश्यक अनुसन्धान अघि बढाइएको र राजस्व छलीसम्बन्धी मुद्दामा कानुनी प्रक्रिया अनुसार कारबाही थालिएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom