Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेट्रोल र डिजेलको मूल्य घट्यो, नयाँ मूल्य असार ३२ देखि लागू हुने



काठमाडौं, असार ३१ गते – भारतको इण्डियन आयल कर्पोरेशनबाट २०८२ असार ३१ गते (१५ जुलाई, २०२५) प्राप्त पेट्रोलियम मूल्य समायोजन अनुसार नेपालमा पेट्रोल र डिजेलको मूल्य घटाइएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको निर्णय अनुसार आगामी असार ३२ गते राति १२:०१ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रू. ५ र डिजेल/मट्टितेलमा रू. १ ले मूल्य घटाइएको निगमले जनाएको छ।

घटेको खुद्रा मूल्य (१५ किमी भित्रका लागि):

पेट्रोलियम पदार्थ वर्ग नयाँ मूल्य (रु/लिटर) अघिल्लो मूल्य (रु/लिटर)
पेट्रोल पहिलो १५७.५० १६२.५०
दोस्रो १५९.०० १६४.००
तेस्रो १६०.०० १६५.००
डिजेल/मट्टितेल पहिलो १४५.५० १४६.५०
दोस्रो १४७.०० १४८.००
तेस्रो १४८.०० १४९.००

नयाँ मूल्यमा मूल्य अभिवृद्धि कर (भ्याट) समेत समावेश गरिएको निगमले स्पष्ट पारेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom