कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ स्थित निगालीमा छाउगोठमा सुतेकी एक महिलाको सर्पको टोकाइबाट मृत्यु भएको छ।
मृत्यु हुनेमा २८ वर्षीया कमला आउजी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उहाँलाई छाउगोठमा सुतेको अवस्थामा सर्पले डसेको थियो।
सुतिरहेकी अवस्थामा कमलाको बाँया गालामा सर्पले डसेपछि तत्काल उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ।
महिनावारी भएका समयमा छाउगोठमा बस्ने परम्परागत अभ्यासकै कारण अझै पनि महिला ज्यान जोखिममा पर्ने घटना बारम्बार दोहोरिने गरेका छन्। यस घटनाले पुनः छाउपडी प्रथाको जोखिमपूर्ण अवस्थालाई उजागर गरेको छ।