Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुवाश काफ्लेको निर्देशनमा ‘विधुवा नारी’ लघु चलचित्र आउँदो शुक्रबार सार्वजनिक हुँदै


पोखरा, साउन ६ गते।

सामाजिक यथार्थ र महिलाको पीडामाथि आधारित लघु चलचित्र ‘विधुवा नारी’ आउँदो शुक्रबार सार्वजनिक हुने भएको छ। यो चलचित्रलाई युवा निर्देशक सुवाश काफ्लेले निर्देशन गरेका हुन्।

समाजमा विधवा महिलाले भोग्नुपरेको पीडा, भेदभाव, र मनोवैज्ञानिक संघर्षलाई चित्रण गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रले सामाजिक चेतना फैलाउने अपेक्षा गरिएको छ। चलचित्रको कथावस्तु एक विधवा महिलाको जीवन संगर्ष र समाजको दृष्टिकोणसँग गहिरो सम्बन्ध राख्दछ।

निर्देशक काफ्लेका अनुसार, "यो चलचित्र मनोरञ्जनको मात्र होइन, सामाजिक सन्देश दिने माध्यम पनि हो। विधवा महिलाको जीवनमा आउने चुनौती र समाजले दिने व्यवहार दर्शकसामु यथार्थ ढंगले प्रस्तुत गर्न खोजिएको छ।"

चलचित्रको छायाङ्कन पोखरा वरपरका क्षेत्रहरूमा गरिएको हो। अभिनयमा नव प्रतिभा देखिएका छन् भने प्राविधिक पक्षमा पनि नयाँ अनुहारलाई स्थान दिइएको छ।

सामाजिक मुद्दा उठान गर्ने यस किसिमका चलचित्रहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ। निर्देशक काफ्लेले दर्शकलाई चलचित्र हेरी प्रतिक्रिया दिन र यस किसिमका सिर्जनात्मक प्रयासलाई समर्थन गर्न आग्रह गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom