Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सडक पार गरिरहेकी ७१ वर्षीया वृद्धालाई बसले ठक्कर दिँदा ज्यान गयो


साउन ६ — अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका–८ स्थित इटबु चोकमा बसको ठक्करबाट ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ।

बनेपाबाट काठमाडौंतर्फ जाँदै गरेको मयूर यातायातको बा.५ख ४७८२ नम्बरको बसले सडक पार गरिरहेकी श्रेष्ठलाई ठक्कर दिएको थियो।

घाइते अवस्थामा अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको भक्तपुर प्रहरीका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले जानकारी दिनुभयो।

मृतक श्रेष्ठको स्थायी घर भक्तपुर नगरपालिका–४, मगलाछें भए पनि उनी हाल भक्तपुर आदर्श क्षेत्रमा बस्दै आएकी थिइन्।

चालक प्रहरी नियन्त्रणमा

ठक्कर दिने बस चालक २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तामाङको स्थायी ठेगाना नुवाकोटको शिवपुरी गाउँपालिका–२, छाप हो भने उनी हाल काठमाडाैं नारायणस्थान बसोबास गर्दै आएका छन्।

प्रहरीका अनुसार घटना सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom