Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भेरी नदीमा टिपर खस्यो, तीन जना बेपत्ता


जाजरकोट, साउन ६ — जाजरकोटको नलगाड नगरपालिका दल्लीबाट रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको छ।

भेरी करिडोर निर्माणमा खटिएको यती बिल्डर्सको उक्त टिपरमा चालकसहित तीन जना सवार रहेको र उनीहरू सबै बेपत्ता भएको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनुभयो।

बेपत्ताको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली परिचालन गरिएको छ। तर भेरी नदीमा पानीको बहाव उच्च भएकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।

हालसम्म बेपत्ता व्यक्तिहरूको नाम ठेगाना खुलेको छैन, प्रहरीले थप विवरण संकलन भइरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom