Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

२८ वर्षीया सङ्गीता रहस्यमय ढंगले बेपत्ता, पीडित परिवारको सहयोगका लागि अपिल


असार ३२ — झापाको भद्रपुर नगरपालिका–५ की २८ वर्षीया सङ्गिता राजबंशी असार २९ गते, आइतबार बेलुका करिब ४ बजेदेखि हराइरहेकी छन्।

गोरो वर्णकी र करिब ४ फिट ८ इञ्च उचाइकी राजबंशीको हालसम्म कुनै अत्तोपत्तो लागेको छैन। परिवार तथा आफन्तजन उनको खोजीमा संलग्न छन् र चिन्तित अवस्थामा छन्।

यदि कसैले उहाँलाई देख्नुभएको छ वा उहाँको बारेमा कुनै जानकारी पाउनुभएको छ भने ९८१–७९४८९६१ मा सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खबर गर्न हार्दिक अनुरोध गरिएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यो सन्देश सबैमा शेयर गरिदिनुहुन आग्रह गरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom