Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गर्मी छल्न गएका दुई दाजुभाइको नदीमा डुबेर ज्यान गयो


साउन २ गते । कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाईको मृत्यु भएको छ । 


गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।


नदीमा डुबेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो ३ बजेको समयमा उद्धार गरी सेती प्रादेशिक अस्पताल पु¥याएको थियो । चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom