साउन ५ — सिरहा जिल्ला कारागारमा आइतबार दिउँसो कैदीबन्दीहरूबीच भएको झडपमा १३ जना घाइते भएका छन्। कैदीहरूबीच सामान्य विवाद चर्किएपछि स्थिति झडपमा रूपान्तरण भएको हो।
कारागार प्रशासनका अनुसार विवाद नियन्त्रण गर्न खोज्दा उल्टै झडप चर्किएको थियो। झडपमा कारागारका नाइके दीपक ठाकुर, मूलनाइके वरुण महतो, चौकीदार विजय महतोसहित १३ जना कैदी घाइते भएका छन्।
घाइतेहरूको प्रदेशिक अस्पताल सिरहामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
झडपको कारणबारे अनुसन्धान जारी रहेको जनाइएको छ भने कारागार क्षेत्रमा अहिले सुरक्षा व्यवस्था थप कडा पारिएको छ।