Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउनको पहिलो सोमबार: पशुपतिनाथमा श्रद्धालुको घुँइचो, आजैदेखि दक्षिणायन सुरु


साउन ५ — साउन महिनाको पहिलो सोमबारका दिन आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुको बाक्लो भीड लागेको छ। हिन्दू धर्मालम्बीहरूका लागि विशेष धार्मिक महत्व राख्ने साउनको सोमबारका अवसरमा भक्तजनहरू शिवपूजाका लागि पशुपति क्षेत्रमा बिहानैदेखि लाइनमा उभिएको देखिएको छ।

शिवजीको प्रिय दिन मानिने सोमबार र विशेषगरी साउन महिनाको सोमबार व्रत बस्दा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ। श्रद्धालुहरू शुद्ध जल, बेलपत्र, धतुरो, आक लगायतका सामग्री अर्पण गर्दै पूजा आराधनामा सहभागी भएका छन्।

साउन महिनामा महिलाहरू हरियो चुरा, हरियो सारी, माला लगाउने, मेहन्दी लगाउने तथा शिवजीको पूजा गरी व्रत बस्ने परम्पराको पालना गर्दै आएका छन्।

आजैदेखि सूर्य दक्षिणतर्फ लाग्ने भएकाले धार्मिक दृष्टिले दक्षिणायन सुरु भएको दिन पनि मानिन्छ। हिन्दू धर्ममा माघ १ बाट सुरु हुने उत्तरायण र साउन १ बाट सुरु हुने दक्षिणायनलाई विशेष रुपमा पूजाआजा गर्ने चलन छ।

Top Post Ad

post bottom ads

Ads Bottom