जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चोरी भएको जानकारी साउन २ गते राति ११:३० बजे प्राप्त भएपछि खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा माछापुछ्रे गाउँपालिका–९ निवासी २३ वर्षीय ओम बहादुर भुजेललाई साउन ३ गते राति १०:३० बजे पोखरा–६ डिकोपाटनबाट पक्राउ गरेको हो।
भुजेलको साथबाट चोरी गरिएको रकममध्ये ९ लाख ९७ हजार ५ सय रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
हाल उनलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।