काठमाडौं, साउन २ – काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले साउन २ गते दिउँसो ४:३० बजे सो स्थानमा छापा मारेर जुवा खेल्दै गरेका पाँच जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूबाट रु. १,३५,३०० (एक लाख पैंतीस हजार तीन सय) नगद र २४ बुक तास बरामद गरिएको छ।
पक्राउ पर्नेमा विभिन्न जिल्लाबाट काठमाडौं बसोबास गरिरहेका निम्न व्यक्ति छन्:
१. बिम्मा छिरिङ दोर्जे थिङ, ३२ वर्ष, सर्लाही लालबन्दी–११ स्थायी ठेगाना, हाल ताहाचल
२. सोमबहादुर तामाङ, ४५ वर्ष, काभ्रेको चौरदेउराली–३, हाल चन्द्रागिरी–३ गैरीगाउँ
३. वाङ दोर्जे लामा, ४३ वर्ष, शंखरापुर–१ नालेभारे
४. अमिरराज थापा, ५० वर्ष, चन्द्रागिरी–१३ नैकाप
५. परशुराम श्रेष्ठ, ४२ वर्ष, नुवाकोट बेलकोटगढी–५, हाल डल्लु
प्रहरीले पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।