Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

७ लाख ३१ हजार घुससहित डिभिजन वनका वरिष्ठ अधिकृत पक्राउ


साउन ६, कैलाली — डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।

चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग मागिएको घुससम्बन्धी उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले यादवलाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, सेवाग्राहीबाट मागिएको रकम ७ लाख ३१ हजार रुपैयाँ यादवले लिइसकेको अवस्थामा डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिइएको हो।

हाल यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom