Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई किशोरको ज्यान गयो



असार ३०, दाङ – दाङमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको ज्यान गएको छ। गढवा गाउँपालिका–८ घर भई घोराही उपमहानगरपालिका–१७ भैँसेमा डेरा गरी बस्दै आएका १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार दुबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।

रा ७ प ३२७० नम्बरको मोटरसाइकल रामपुरबाट घोराहीतर्फ आउँदै गर्दा घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा साँझ ७ बजेतिर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। तिब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको छ।

दुर्घटनामा परेका दुवै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिनुभयो।



Top Post Ad

post bottom ads

Ads Bottom