Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विवाह अस्वीकार गरेपछि प्रेमिकाको हत्या


साउन ५, काभ्रेपलाञ्चोक — विवाह प्रस्ताव अस्वीकार गरेपछि प्रेमिकाको ज्यान लिएको आरोपमा रामेछापका एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सोमबार पत्रकार सम्मेलनमार्फत घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार सन्तोषले ३३ वर्षीया शर्मिला उप्रेतीलाई विगत दुई वर्षदेखि प्रेम सम्बन्धमा राख्दै विवाह गर्न दबाब दिँदै आएका थिए। तर, उप्रेतीले बारम्बार विवाह अस्वीकार गरेपछि रिसको झोकमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) मिनबहादुर घलेले जानकारी दिनुहुँदै भने, “हत्या योजनाबद्ध तरिकाले भएको देखिन्छ। सन्तोषले घुम्न लगाउने बहानामा बनेपा नगरपालिका–१३ भगवान् थुम्की सामुदायिक वन पुर्‍याई, दाउराले हानेर बेहोस बनाइ, त्यसपछि सलले घाँटी कसी हत्या गरेका छन्।”

हत्या गरिसकेपछि सन्तोष केही समय घटनास्थलमै बसेर चिलाउनेको फेदमा शव छाडेर भागेका थिए। फरार अभियुक्तलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले बनेपा नगरपालिका–१०, इँटाभट्टाबाट आइतबार साँझ पक्राउ गरेको हो।

सन्तोष र मृतक शर्मिला सँगै ज्यामी (मेसन) काम गर्दै आएका थिए। मृतक उप्रेतीको अघिल्ला वैवाहिक सम्बन्धबाट दुई छोरीहरू छन् — पहिलो श्रीमान् तर्फ १६ वर्षीया, दोस्रो श्रीमान् तर्फ ९ वर्षीया छोरी। पछिल्लो समय उनी दुवै श्रीमान् छोडेर एक्लै बस्दै आएकी थिइन्।

सन्तोषलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चार दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ

Top Post Ad

post bottom ads

Ads Bottom