इटहरीबाट म्याङलुङ हुँदै पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २५५२ नम्बरको बलेरो सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले झापातर्फ रेफर गरिएको छ भने बाँकी चार जनाको पाँचथर जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिनुभयो।
दुर्घटना अपरान्ह ४ बजे भएको हो। घटनास्थल फिदिम बजारबाट करिब २० मिनेट दूरीमा पर्छ। दुर्घटनाको वास्तविक कारण भने अझै खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।
प्रत्यक्षदर्शी आठराई गाउँपालिका–१ का वडाध्यक्ष कृष्ण बास्कोटाका अनुसार बलेरो तीव्र गतिमा रहेको देखिएको थियो।