Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पेस्तोल देखाएर नगद र आइफोन लुटपाट गर्ने एक जना प्रहरीको नियन्त्रणमा


असार ३२ गते — नेपाल–भारत खुला सीमाबाट हुने आपराधिक गतिविधि फेरि एक पटक गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको छ। पछिल्लो घटनामा भारतीय लुटेरा विजय मुखियालाई धनुषा प्रहरीले लुटपाटको आरोपमा पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेका छन्। मुखियाले असार २० गते जनकनन्दनी गाउँपालिका–१ का अजयकुमार गोइतलाई पेस्तोल देखाएर नगद, चेक र मोबाइल लुटेको खुलेको छ।

प्रहरीका अनुसार गोइत बैंकमा रकम जम्मा गर्न जाँदै गर्दा मुखियाले बाटोमा रोकेर २ लाख १६ हजार नगद, १२ लाख १० हजार रुपैयाँ बराबरको चेक र आइफोन १६ लुटेका थिए।

धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार मुखिया पेशेवर अपराधी हुन् र भारतमा पनि उनका विरुद्ध ९–१० वटा आपराधिक मुद्दा दर्ता छन्। “भारतमा अपराध गरेर नेपालमा लुक्ने र नेपालमा अपराध गरेर भारत भाग्ने घटनाहरू बढ्दो छन्, जसले दुवै मुलुकको सुरक्षामा गम्भीर चुनौती खडा गरेको छ,” रेग्मीले बताउनुभयो।

स्थानीय बासिन्दाहरूका अनुसार खुला सीमाका कारण लुटपाट तथा गैरकानुनी गतिविधि नियन्त्रणमा कठिनाइ भइरहेको छ। उनीहरूले सीमावर्ती क्षेत्रमा सुरक्षालाई थप प्रभावकारी बनाउन माग गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom