सल्यान, साउन १०। सल्यान जिल्लाको कुमाख गाउँपालिका–२ बढाई ज्युलामा आज बिहान सवारी दुर्घटनामा परि १५ जना घाइते भएका छन्। नेपालगञ्जबाट रागेचौर, सल्यानतर्फ जाँदै गरेको भे.१ ख ३९९६ नम्बरको सवारी साधन अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खसेको हो।
दुर्घटनापछि घाइते भएका सबै व्यक्तिहरूलाई नेपाल प्रहरी र स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
घटनास्थलमा उद्धार तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।