पोखरा — स्याङ्जा भीरकोट नगरपालिका–८ चिलाउनेखर्क स्थायी निवासी तथा हाल पोखरा १७, शुसान्त टोल, ऋद्धिसिद्धि मार्गमा बसोबास गर्दै आएका ७४ वर्षीय दुर्गा प्रसाद रेग्मी आइतबार बिहानदेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार रेग्मी आइतबार बिहान करिब ११:३० बजे छाता बोकेर घरबाट निस्केका थिए। उनी उच्च रक्तचाप, बिर्सने समस्या (स्मृति कमजोर) लगायतका स्वास्थ्य समस्याबाट पीडित रहेका कारण घर फर्किन नसकेको आशंका गरिएको छ।
हालसम्म उहाँको खोजी कार्य जारी रहेको परिवारले जानकारी दिएको छ। रेग्मीलाई कतै देख्नुभएका वा उहाँसम्बन्धी जानकारी भएका महानुभावले नजिकको प्रहरी कार्यालय सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ।