Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

राष्ट्र बैंकले बुधबार ६० अर्ब निक्षेप खिच्ने, बोलकबोलमार्फत तरलता व्यवस्थापन





काठमाडौं, असार १८ — नेपाल राष्ट्र बैंकले आगामी बुधबार ६० अर्ब रुपैयाँको निक्षेप सङ्कलन गर्ने भएको छ। बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएपछि राष्ट्र बैंकले ‘बोलकबोल प्रणाली’मार्फत उक्त रकम खिच्न लागेको हो।

राष्ट्र बैंकका अनुसार, निक्षेप सङ्कलन उपकरणमार्फत यो रकम बजारबाट खिचिनेछ र यसका लागि ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल (auction) प्रणालीमार्फत निर्धारण गरिनेछ। उठाइएको रकमको सावाँ र ब्याज आगामी भदौ १८ गते भुक्तानी गरिने छ।

बोलकबोलमा भाग लिन सक्ने निकायमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र रहनेछन्। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ राख्न सकिनेछ भने बढीमा ५ करोडको गुणात्मक भाग हुने गरी कुल आह्वान रकमसम्म बोल गर्न पाइनेछ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातदेखि बैंकिङ प्रणालीमा तरलता अत्यधिक देखिएकाले त्यसको सन्तुलन गर्न निरन्तर रुपमा यस्ता उपकरण प्रयोग गरिंदै आएको हो। हाल देशभरको कुल बैंकिङ निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

पछिल्लो समय राष्ट्र बैंकले २१ दिनको साटो लामो अवधिका लागि तरलता व्यवस्थापन उपकरण प्रयोग गर्दै आएको छ। यसले वित्तीय बजारमा ब्याजदरको सन्तुलन, मुद्रास्फीति नियन्त्रण र मौद्रिक नीतिका लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom