झगरु पासवानकी १४ महिनाकी छोरी सङ्गीता पासवानलाई बुधबार राति घरमा सुतेको अवस्थामा सर्पले डसेको हो।
सर्पले डसेपछि उनी अचेत भएपछि उपचारका लागि बहादुरगञ्ज अस्पताल लगिएको थियो। तर त्यहाँ आवश्यक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो।
तर उपचारमा ढिलाइ भएको र बालिकाको बाटोमै मृत्यु भइसकेको सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिनुभयो।
घटनापछि स्थानीय बासिन्दाले विषालु सर्पबाट सुरक्षा र सर्पदंश उपचारका लागि स्थानीय तह र स्वास्थ्य संस्थाले थप ध्यान दिनुपर्ने माग गरेका छन्।