साउन २५, काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज आइतबार देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारण बदली रहनेछ। मधेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही र बाँकी प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
