Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा साढे ६ केजी अवैध सुनसहित ११ भारतीय नागरिक पक्राउ


साउन २४, कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे ६ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट सुरु भएको अपरेसन रातभर चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले पक्राउ परेकाबाट ६ किलो ४ सय ग्राम सुन बरामद भएको जानकारी दिनुभयो। साथै, उनीहरूको साथबाट ४४४ तोला चाँदी र नगद ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ पनि बरामद भएको छ। बरामद सुनको बजार मूल्य करिब १० करोड ९७ लाख रुपैयाँ हुने प्रहरीले जनाएको छ।

पक्राउ परेका ११ जनालाई बरामद सामानसहित आवश्यक कारबाही र थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने बताइएको छ।

पोखरा महानगरपालिका वडा नं. २, ३, ४ र ९ का केही क्षेत्रमा अवैध सुन–चाँदीको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा शुक्रबार दिउँसो ४ बजेदेखि प्रहरीले अपरेसन सुरु गरेको थियो।

पक्राउ परेका भारतीय नागरिकहरूमा—

  • राजेन्द्र रामचन्द्र जगताप (४१ वर्ष)

  • मनिकलाल आदक (४५ वर्ष)

  • सन्दीप ढाव (३५ वर्ष)

  • सोमनाथ पाल (४१ वर्ष)

  • दीपक सामन्त (४७ वर्ष)

  • गोविन्दा दिण्डा (४७ वर्ष)

  • असित वर (३५ वर्ष)

  • तापस सामन्त (४४ वर्ष)

  • उज्वल भोमिक (३८ वर्ष)

  • सुनिता पवार (४० वर्ष)

  • प्रोभास माझी (४९ वर्ष)

परिएका सबैजना भारतको कोलकाता र पश्चिम बंगालका बासिन्दा रहेको र लामो समयदेखि पोखरामा सुन–चाँदी कालिगढका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom