Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

६० वर्षीय पुरुष बाँसको झ्याङमा मृत फेला


भदौ १२ गते । सप्तरीको राजगढ गाउँपालिकामा एक वृद्ध पुरुष मृत फेला परेको छ । गाउँपालिकाको –५ स्थित मलेकपुरमा ६० बर्षीय स्थानीय मुनेश्वर सदा बिहीबार साँझ मृत अवस्थामा फेला परेको हो ।


मृतकको घरबाट करिब ३ किलोमिटर उत्तरतर्फ रहेको बाँसको झ्याङमा गम्छा ओछ्याएर र चप्पललाई सिरानी बनाएर सुतेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom