Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

रेशमज्युलामा सडकबाट जिप खस्दा १९ जना घाइते, दुईजनाको अवस्था गम्भीर

 

भदौ १२, सल्यान।

सल्यानको शारदा नगरपालिका–१२, रेशमज्युला नजिक जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय शीतलपाटीका अनुसार तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको लु १ ज २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकदेखि करिब ५ मिटर तल खसेको हो। दुर्घटनामा गम्भीर घाइते भएकी शारदा–१२ की ३४ वर्षीया पार्वती बुढा र शारदा–१३ की ३५ वर्षीया झुपी नेपालीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।

अन्य घाइतेहरूमा शारदा–१३ का १८ वर्षीय सुमन बस्नेत, शारदा–१२ की २१ वर्षीया सीता रावत र उनकी ७ वर्षीया छोरी डोल्मा, शारदा–१५ की २४ वर्षीया साबित्रा भण्डारी, त्रिवेणी–२ की २४ वर्षीया निर्मला गिरी, शारदा–१५ की ८ वर्षीया शिरीसा भण्डारी, २३ वर्षीया दीपा रावत, शारदा–१२ की २१ वर्षीया जानकी गिरी, शारदा–१३ का २७ वर्षीय गिराराज गुरु र उनका दुई छोराछोरी, शारदा–१ की २५ वर्षीया शोभा बुढाथोकी र उनका दुई छोरी, शारदा–१ की २१ वर्षीया सम्झना थापा र उनकी १८ महिनाकी छोरी, तथा शारदा–१३ का १६ वर्षीय जीवन नेपाली रहेका छन्।

घाइते सबैलाई शारदा–१, श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।

दुर्घटनाग्रस्त जिप चालक शारदा–६, मदनकाडाका २३ वर्षीय सुरेश बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा प्रहरी नायब निरीक्षक नरेशसिंह ठकुरीको कमान्डमा टोली खटाइएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom