Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारत लैजाँदै गरेका सात नेपाली किशोरीको उद्धार, दुई जना तस्कर पक्राउ


झापा, साउन १६ – झापाको काँकडभिट्टा हुँदै भारत पुर्‍याइएका सात नेपाली किशोरीलाई भारतीय प्रहरीले पानीटङ्की नाकाबाट उद्धार गरेको छ। वैदेशिक रोजगारीको प्रलोभनमा हङकङ लैजाने बहानामा किशोरीहरूलाई भारत पुर्‍याइएको थियो।

सिलिगुढीमा नक्कली कागजात बनाउने तयारी भइरहेका बेला भारतीय प्रहरीले कारबाही गर्दै सातै किशोरीलाई उद्धार गरेको हो। यस क्रममा भारत दार्जिलिङका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाका ६१ वर्षीय जपन गुरुङ मानव तस्करी अभियोगमा पक्राउ परेका छन्।

उद्धार गरिएका सबै किशोरीहरू सङ्खुवासभा जिल्लाकी भएको माइती नेपाल कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले जानकारी दिए। हाल किशोरीहरू र पक्राउ परेका अभियुक्तलाई खोरीबारी प्रहरी थानामा राखिएको छ। कानुनी प्रक्रिया पूरा भएपछि किशोरीहरूलाई नेपाल फर्काइनेछ।

Top Post Ad

post bottom ads

Ads Bottom