Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सेकुवा एन्ड मःमः सेन्टरमा कार्यरत एक युवतीको च'क्कु प्र'हारबाट ज्यान गयो


श्रावण१७, कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको राजधानी सेकुवा एन्ड मःमः सेन्टरमा कार्यरत एक युवतीको चक्कु प्रहारबाट मृत्यु भएको छ।

मृतक १७ वर्षीया याचना सेजवाल बर्दगोरिया–३ की हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार शनिबार बिहान करिब १० बजे सोही सेन्टरमा काम गर्ने ३३ वर्षीय नृप साउदले सेजवालमाथि चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि धनगढीस्थित निसर्ग हस्पिटल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भयो।

प्रहरीले अभियुक्त साउदलाई नियन्त्रणमा लिएको छ भने घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ। 

Top Post Ad

post bottom ads

Ads Bottom