Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाल ‘ए’ टोली भारतसँग पाँच टी–२० खेल्ने

काठमाडौं, भदौ ८ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल ‘ए’ टोली भारतसँग पाँच खेलको टी–२० सिरिज खेल्ने भएको जनाएको छ।

भारतको गुवाहटीमा भदौ १० गते (अगस्ट २६) देखि भदौ १८ गते (सेप्टेम्बर ३) सम्म हुने सिरिजमा नेपालले आसाम प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ।

यसका लागि क्यानले अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ।

टोलीमा कप्तान शाहसँगै शुभ कंसाकार, ईशान पाण्डे, देव खनाल, सन्दीप जोरा, आदिल आलम अन्सारी, पवन सर्राफ, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, शेर मल्ल र युवराज खत्री रहेका छन्।

यसबीच नेपालको मुख्य टोली भने हाल अष्ट्रेलियामा भइरहेको टप एन्ड टी–२० सिरिज खेलिरहेको छ। तर नेपाल समूह चरणमै बाहिरिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom