पोखरा, साउन १८ गते।
निवृत्त राष्ट्रसेवक समाज नेपाल, गण्डकी प्रदेशले भदौ १७ गते पेन्सन डे भव्य रूपमा मनाउने निर्णय गरेको छ। आज गण्डकी प्रदेश अध्यक्ष धुर्बराज अधिकारीको अध्यक्षतामा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो।
बैठकले संगठनलाई अझ सशक्त बनाउन जिल्ला–जिल्ला र स्थानीय निकायस्तरमा विस्तार गर्ने निर्णयसमेत गरेको छ। बैठकमा पेन्सन डे कार्यक्रमलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरू गठन गर्ने र आवश्यक तयारी सुरु गर्ने विषयमा पनि छलफल भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
बैठकमा गण्डकी प्रदेशका पदाधिकारीहरूको सहभागिता रहेको थियो।