Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मुग्लिन–पोखरा सडक खण्डमा यात्रुबाहक बस मर्स्याङ्दी किनारमा खस्यो, सात जना घाइते


साउन १८ गते। तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आइतबार दिउँसो करिब ४ः२० बजे गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बा.२ ख १०७७ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरामा दुर्घटना भएको हो।

बस सडक छेउबाट मर्स्याङ्दी नदीको किनारमा खसेको सूचना अधिकारी अशोक थापाले जानकारी दिनुभयो। घाइते सातै जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय आँबुखैरेनी र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट उद्धार टोली खटिएको थियो।

घटनाको विस्तृत विवरण र घाइतेको अवस्था बारे थप जानकारी आउँदैछ।

Top Post Ad

post bottom ads

Ads Bottom