Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

देशभर मनसुनी सक्रियता, पहाडी क्षेत्र र तराईका केही भागमा भारी वर्षाको सम्भावना


भदौ १२ गते, काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका अधिकांश पहाडी भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ । यस क्रममा बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

आज राति देशभर सामान्य बदली रहने अनुमान गरिएको छ । पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुने र गण्डकी, कर्णाली, सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र कोशी प्रदेशका तराईका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्हरूले निरन्तरको वर्षाका कारण पहिरो तथा बाढीको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom